यस्ता भेला र कार्यक्रम पहिले पनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

यस्ता भेला र कार्यक्रम पहिले पनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसद्मा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरूलाई सुझाव दिएका छन् ।

आईतबार आयोजित नवनिर्वाचित सांसदसँगको कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।

‘संसद्मा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो र अहिले पनि हामीले यस्ता कार्यक्रमहरू गरिराखेका तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ । संसद्मा के भइरहेको छ, कसो भइरहेको छ ? हामी संसद् बाहिर छौँ । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर संसद्मा कसरी जाने भनेर मभन्दा पनि धेरै पुराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरू वा हामीसित सरसल्लाह पनि गर्नुहोला । संसद्मा धेरै विषयवस्तु आउने बताउँदै उनले ती विषयवस्तु बुझेर विज्ञसँग छलफल गर्नुपर्छ भने तयार छौं ।’

संसद्मा जाने सांसदहरूलाई नेपाली कांग्रेसको गरिमालाई उच्च राख्ने गरी काम गर्न अपिल गरेका छन् ।