देउवामाथि दबाब बढाउन शेखर समूहले बोलायो बैठक

देउवामाथि दबाब बढाउन शेखर समूहले बोलायो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा कोइरालाले आफू पक्षीय नेताहरुको बैठक डाकेका हुन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति कोइराला पक्ष रुष्ट बनेको छ ।

देउवाले विधान अनुसार पार्टी संचालन नगरेको भन्दै काइराला पक्षले असन्तुष्ट जनाएको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै शेखर समूह देउवासँग असन्तुष्ट बनेको हो । त्यसकारण देउवामाथि दबाब बढाउन आज सो पक्षले बैठक बोलाएको जनाइएको छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।