‘जनयुद्ध दिवस’बारे शेखरको प्रश्न- कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैँछ ?

‘जनयुद्ध दिवस’बारे शेखरको प्रश्न- कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैँछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिबस’ पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।

आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले टविट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।