काठमाण्डु – नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिमा पराजित भएका डा. शेखर कोइरालालाई वरीयताको २० ओैँ नम्बरमा राखिएको छ ।
शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० ओैँ नम्बरमा राखिएको हो । १४औैँ महाधिवेशनमा डा. कोइरालाले सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए ।
देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्व दिएका छन् । वरीयतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा छन् ।




प्रतिक्रिया