कांग्रेसमा समानान्तर कमिटी बनाउन शेखरलाई दबाव

कांग्रेसमा समानान्तर कमिटी बनाउन शेखरलाई दबाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । केन्द्रीय समिति बैठक सुरु हुनअघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यस्तै उनले आफूलाई समानान्तर समूह बनाएर अघि बढ्न दबाव आएको समेत देउवालाई बताएका थिए ।

जवाफमा देउवाले आफूले मिलाएर अघि बढ्ने भन्दै समानान्तर समिति नबनाउन आग्रह गरेको एक नेताले जानकारी दिए । देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

त्यसमा शेखर समूह असन्तुष्ट छ । उनीहरुले सभापतिले एकलौटी गर्दै गए भ्रातृ संगठनहरुमा समानान्तर समिति बनाउनुपर्नेमा जोड दिन थालेका छन् ।