राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण सफल भयोः शेखर कोइराला

राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण सफल भयोः शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनका राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा गरिएको रणनीतिक समझदारी अर्थपूर्ण रहेको भन्दै यस विषयमा विश्‍लेषण गर्नु पर्ने बताएका छन् ।

शनिबार प्रेस युनियन काठमाडौंले राखेको चियापान समारोहमा बोल्दै डा. कोइरालाले राष्ट्रपति सीको नेपाल भ्रमण फलदायी भएको प्रतिक्रिया दिएका छन् ।

‘चीनका राष्ट्रपति आउदा हामी सबैले स्वागत गर्‍यौ भ्रमण सफल पनि भयो, तर त्यहा गरिएको रणनीतिक समझदारी भन्ने कुरा अर्थपूर्ण छ’, डा. कोइरालाले भने, ‘पहिलो पटक ओली प्रधानमन्त्री भएर चीन जाँदा चीनले रणनीतिक समझदारी गर्न चाहेको थियो, त्यतिबेला मान्नु भएन तर अहिले मान्नुको अर्थ के हो, यस विषयमा गम्भिर भएर छलफल गर्नु पर्ने छ ।’

उनले सरकारले संसद र न्यापालिकालाई कार्यपालिकाले हस्तक्षप गर्न खोजेकोले लोकतन्त्र खतरामा देखिएको नेता कोइरालाको भनाई रहेको छ ।