वाईडबडी प्रकरणको दोषीलाई सजाय दिएरै छाड्छौं : शेखर कोइराला

वाईडबडी प्रकरणको दोषीलाई सजाय दिएरै छाड्छौं : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कास्कीका जनताले वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको हिसाब किताब खोज्ने समय आएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्दोष छन् भनेर भनेका अभिव्यक्तिप्रति लक्षित गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीजी रविन्द्र निर्दोष हो भने दोषी को हो त्यो पनी बताईदिन पर्‍यो ।’ कोइरालाले वाईडबडी प्रकरणका दोषीलाई कुनैपनी हालतमा माफी दिन नसकिने बताए ।

कोइरालाले वाइडबडी काण्डले कास्की क्षेत्र नं २ का आम जनताको शिर झुकेको बताउँदै काँग्रेसले जसरी पनी यसका दोषीलाई कानुनी कठघरामा ल्याएरै छोड्ने बताए ।