सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : शेखर कोइराला

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

आइतबार नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा बोल्दै कोइलालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन्।

‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन समातिन्छ र त्यसपछि घटनाहरू पनि हेरौं,’ उनले भने, ‘सीआइबीलाई छानबिन गर्न किन दिनुपर्‍यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भन्नुहुन्छ । त्यसैले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेकोबारे पनि सोच्नुपर्ने उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ। ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो? त्यतातर्फ पनि सोच्नुपर्छ,’ कोइरालाले भने,।