काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संबिधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखी आफुले उठाएको बताएका छन् ।
आइतबार भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संबिधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखी आफुले उठाएको बताएका हुन् ।
नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न,लगानी गर्ने बातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफुमा रहेको समेत बताए। हरेक ६/६ महिनामा भैरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो ।
कोइरालाले भने-“केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने बिषयलाई उठाएको हुँ ।”
कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए । “कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्छ” – कोइरालाले भने ।
भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु”- कोइरालाले भने




प्रतिक्रिया