१५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखर कोइरालाको घोषणा

१५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखर कोइरालाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उममेदवार बन्ने घोषणा गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग डा. कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी १५ औँ महाधिवेशनमा स्वतः सभापतिमा दाबी रहने बताएका हुन् ।

आफ्नो उम्मेदवारीको विषयलाई अन्यथा नलिन पनि डा. कोइरालाले सबैमा आग्रह गरे । उममेदवारीकै विषयमा देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको कोइरालाको भनाइ थियो ।

डा. कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे ।

कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले बताए ।