महाधिवेशन ढिला भए पार्टी मात्र नभई देश नै कमजोर हुन्छ : डा. कोइराला

महाधिवेशन ढिला भए पार्टी मात्र नभई देश नै कमजोर हुन्छ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभई देश नै कमजोर हुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाण्डुमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको छिटोभन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि देशमा भ्रष्टचार र दण्डहीनता बढेर गएको बताए ।

‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ, भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर  तर दिनानुदिन भ्रष्टाचार बढेर गएको छ । दण्डहीनता बढेर गएको छ । सुशासन त नामै छैन । सीडीओ र मालपोत कार्यालयमा जाँदा नै सुशासन कस्तो छ देख्न सकिन्छ । यस्तो अवस्थालाई कांग्रेसले बदल्न सकेन भने पार्टी कमजोर हुन्छ । साथै देश पनि कमजोर हुन्छ,’ उनले भने ।

संसद्भित्र कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको समेत उनले बताए । कार्यक्रममा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बका उपसभापति घनराज सुनुवार लगायतले बोलेका थिए ।