मिडियाको जिम्मेवारी के हो भारतले नेपालबाट सिक्नुपर्छः शेखर कोइराला

मिडियाको जिम्मेवारी के हो भारतले नेपालबाट सिक्नुपर्छः शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भारतीय मिडियाले नेपाली मिडियाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चरित्र हत्या गरेको भन्दै यसको पाठ नेपाली मिडियाबाट सिक्न आग्रह गरेका छन् ।

‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद कुरा हो’, उनले भनेका छन्, ‘मिडियाको जिम्मेवारी उनीहरुले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।’

प्रधानमन्त्री ओली र नेपालको राजनीतिबारे अफवाह फैलाउने भारतीय मिडियालाई नेपालमा प्रसारणमा रोक लगाइएको छ ।