बालुवाटारमा शेखर : केपी ओलीसँगको भेटबारे ब्रिफिङ गर्ने


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । उनी केहिबेरअघि बालुवाटार पुगेका हुन् ।

देउवालाई भेट्नुअघि कोइरालाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस नेता जीवन परियारले सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने बताए ।

त्यस्तै देउवासँगको भेटमा कोइरालाले ओलीसँग भएका छलफलबारे ब्रिफ्रिङ गर्ने बताइएको छ । त्यसका साथै पार्टीको आन्तरिक विषयमा समेत कुराकानी हुने जनाइएको छ ।

हिजो मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषय, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement