शेखर पक्षको निष्कर्ष- स्थानीय तहको निर्वाचन सार्ने निर्णय मान्य हुँदैन


काठमाण्डु – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले स्थानिय तहको निर्वाचन सार्ने निर्णय गरिए आफुहरुलाई मान्य नहुने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको विषयमा पार्टीमा छलफल नगरेर एकलौटी निर्णय गर्न खोजेको भन्दै सोमबार बसेको कोइराला पक्षको भर्चुअल बैठकले निर्वाचन वैशाखमै हुनुपर्ने बताएको हो ।

निर्वाचन बैशाखमै गर्नुको विकल्प नभएको र सार्ने निर्णय गरिए आफुहरुलाई मान्य नहुने बैठकमा निष्कर्ण निकालिएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । सत्ता गठबन्धनले भने संविधान बाझिएको भन्दै स्थानिय तहको निर्वाचन सार्ने तयारी गरेको छ ।

उनले राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताए । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे समेत छलफल भएको थियो ।

भर्चुअल बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement