काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत सभापति पदका उम्मेदवार डा. शेखर कोइराला प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
राष्ट्रिय सभा गृह पुगेर डा. कोइरालाले आफ्नो प्यानलसहित सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उनको प्यानलबाट महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन् । त्यसैगरी सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकैष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ छन् ।




प्रतिक्रिया