भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उव्जाएको छ : शेखर कोइराला

भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उव्जाएको छ : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् ।

उनले घुस प्रकरणमा मुछिएका मन्त्री पदमै रहेको बेला भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको बताएका हुन् ।

कोइरालाले भने ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।’

उनले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गर्न र , भूमी विधेयकमा समितिमा गहन छलफल गर्न समेत आग्रह गरेका छन् ।

अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमालेका बलराम अधिकारी छन् । उनी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् ।

सोहि अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भने राजीनामा दिइसकेका छन् ।