पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो : शेखर कोइराला

पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारको कार्यशैलीले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन् ।

उनले कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको बताए । यस्तै कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत एक महिना बितिसक्दा पनि गठन हुन नसकेको उनले बताए ।

उनले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनस् राजनीतिमा सक्रिय नहुन सुझाव दिए । उनले भने ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’

कोइरालाले हालै पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँगको भेटघाटलाई कुनै नयाँ कुरा नभएको जिकिर गरेर ।

‘हामी राजनीति गर्दैछौं। म नेपाली कांग्रेसमा छु, कोही एमालेमा होला, कोही माओवादीमा होला, कोही अन्य दलमा होला। हामीहरूले भेट गरिरहनुपर्छ, राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’ उनले भने।

उनले वर्तमान सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए । कांग्रेसको महाधिवेशन २०८२ भित्रै हुनुपर्नेमा आफू अडिग रहेको समेत बताए ।