शेखर कोइरालाले गरे कांग्रेसका पदाधिकारीहरुसँग छलफल

शेखर कोइरालाले गरे कांग्रेसका पदाधिकारीहरुसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

उनले मंगलबार काठमाण्डुमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिए ।

छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छलफल भएको थियो ।

त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्ने ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

छलफलमा कोइरालाले भने ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनले भने ‘त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’

पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको काेइरालाले बताए । उनले दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा‍.कोइरालालाई सामूहिक आग्रह गरेका थिए । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत थिए ।

अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए ।