पार्टी फुट्ने खतरा रहेको भन्दै एकताका लागि लचक बन्न देउवालाई शेखरको आग्रह

पार्टी फुट्ने खतरा रहेको भन्दै एकताका लागि लचक बन्न देउवालाई शेखरको आग्रह

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

बिहीबार बिहान पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न आग्रह गर्दै कोइराला देउवा निवास पुगेका हुन् ।

कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकास दिन सभापति देउवालाई आग्रह गरे ।

पार्टीमा एकता प्रमुख आवश्यकता रहेको भन्दै कोइरालाले देउवालाई पार्टी एकताका लागि लचकता अपनाउन आग्रह गरेको स्रोतले बतायो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन् भने विधान अनुसार विशोष महाधिवेशन आव्हान नभएको भन्दै सहभागी नहुन मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यकर्तालाई आग्रह गरेका छन् ।

यस्तैमा महामन्त्रीद्वयथापा र शर्माको आव्हानमा विशेष महाधिवेशनको तयारी भइरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।