लोकतन्त्र बचाउन फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउँदैछ : शेखर कोइराला

लोकतन्त्र बचाउन फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउँदैछ : शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्र संकटमा परेको बताएका छन्।

विराटनगरमा आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रभावकारी सञ्चालन नहुनुले लोकतन्त्र खतरामा रहेको बताएका हुन् ।

‘लोकतन्त्र बचाउन अब फेरि आन्दोलनको तयारी गर्नुपर्ने अवस्था आउँदैछ’ उनले भने।

कोइरालाले वर्तमान निर्वाचन प्रणालीकै कारण मिलिजुली सरकार बनाउने बाध्यता देखिएको उल्लेख गर्दै, सिद्धान्त र आचरण नत्यागी त्यसो गर्नुपर्नेमा जोड दिए।

साथै, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वविहीन सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउन नसकेको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

‘लोकतन्त्रलाई सुदृढ बनाउन सच्चा नेतृत्व र स्पष्ट दृष्टिकोणको आवश्यकता छ,’ कोइरालाको भनाइ थियो।