काठमाण्डु – राजनीतिक संरक्षणमा भइरहेको भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता प्रदर्शनमा उत्रिएका बेला नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छोरा जयवीर देउवाको चिन्ताले सताएको छ ।
लामो समय नेपाली राजनीतिको केन्द्रमा रहँदै आएका सभापति देउवाले आईतबारको कांग्रेस पदाधिकारी बैठकमा आफ्ना छोरा जयवीरलाई नेपालमा बस्न नदिने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।
जेनजी पुस्ताले भ्रष्टाचारी नेताहरूका छोराछोरीले विलासी जीवनशैली अपनाएकोमा आक्रोश व्यक्त गर्दै आएका छन् । विलासी जीवनशैली अपनाउने नेता र परिवारका सदस्यको सम्पत्ति छानबिन र भ्रष्टाचार अन्त्यको माग उठिरहेका बेला सभापति देउवाले छोराको चिन्ता गरेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।
देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत पटक–पटक आर्थिक विवादमा चर्चामा आउने गरेकी छन् ।




प्रतिक्रिया