देउवाको टाउकोमा १२ वटा टाँका, सामान्य अवस्थामा फर्कँदै

देउवाको टाउकोमा १२ वटा टाँका, सामान्य अवस्थामा फर्कँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे टाउकाेमा १२ टाँका लगाइएकाे छ । टाउकोमा गम्भीर चोट लागेका देउवालाई चिकित्सकहरूले १२ वटा टाँका लगाएका हुन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।

विश्वकर्माले थपे, “घटनापछि सुरुवाती क्षणमा हामी अतालिएका थियौँ। देउवा जीको गर्धनभन्दा माथि टाउकोमा गहिरो चोट लागेको छ, जसमा १२ वटा टाँका लगाइएको छ। चिकित्सकहरूले धारिलो हतियार प्रहारबाट घाउ लागेको बताए पनि कुन हतियार प्रयोग भयो भन्ने यकिन अझै छैन।”

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सहभागी समूहले देउवाको निवासमा आगजनी र तोडफोड गर्दै देउवा दम्पत्तीसँग हातपात गरेका थिए। कुटपिटका कारण देउवा र आरजु राणा देउवा रगताम्य भएका थिए।

घटनापछि नेपाली कांग्रेसले सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथिको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। “लोकतन्त्रका लागि अविचल योगदान दिनु भएका नेतामाथि भएको यो अमानवीय र बर्बर आक्रमण अस्वीकार्य छ,” प्रचार विभाग प्रमुख विश्वकर्माले भने।