काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएकाे छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जानकारी दियो ।
देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको २२ दिन बित्दासमेत देउवाले मन्त्रिमण्डलाई पूर्णता दिन सकेका छैनन् ।




प्रतिक्रिया