अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सुरक्षा सरकारले गर्छ : प्रधानमन्त्री देउवा

अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सुरक्षा सरकारले गर्छ : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्वार गर्न निर्देशन दिएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्वार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए । उनले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताए ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘सुरक्षा र उद्वारकाे प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’