प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाबारे छलफल तथा निर्णय हुने देउवाको सचिवालयले जनाएको छ । देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन ।

हाल देउवाको क्याविनेटमा चार जना मात्रै मन्त्री छन् । मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा विभिन्न मन्त्रालयका काममा अवरोध पुगेको गुनासो आउन थालिसकेको छ ।