काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेका हुन् । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बताए ।
प्रधानमन्त्रीको भ्रमणबारे मन्त्रिपरिषदले निर्णय गर्न बाँकी छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ ।




प्रतिक्रिया