आज मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

आज मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज साझ मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले हिजोको सहमतिलाई अन्तिमरुप दिएसंगै मन्त्रिपरिषद बिस्तारको बाटो खुलेको छ ।

आज बिहानदेखि बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आजै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएको ८५ दिन बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

दलहरुबीच मन्त्रालय भागवण्डामा बिवाद हुंदा मन्त्रिमण्डल विस्तार हुन सकिरहेको थिएन । सोमबार दलहरुबीच मन्त्रिमण्डल विस्तारबारे सहमति जुटेको हो ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय लिने माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी दलले ५ मन्त्री र १,१ राज्यमन्त्री पाउने सहमति भएको हो ।

कांग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुई र नेता कृष्ण सिटौला पक्षलाई १ मन्त्रालय दिने सहमति समेत भएको स्रोतको दावी छ ।