काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवा र मोदीबीच सोमबारको उच्चस्तरीय सत्र (हाइलेभल सेगमेन्ट) का बेला पनि अनौपचारिक भेट भएको थियो ।
आजको वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए । भेटमा के बिषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।




प्रतिक्रिया