हामीलाई झगडा गरिरहने फुर्सद छैन्ः सभापति देउवा

हामीलाई झगडा गरिरहने फुर्सद छैन्ः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानकै कोटीमा राखेर व्यवहार गरेको आरोप लगाएका छन् ।

पछिल्लो पटक भारतले सार्वजनिक गरेको नक्सा विवादले पाकिस्तानलाई गरेकैजस्तो व्यवहार देखिएको देउवाको आरोप छ ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले भने,‘भारतको व्यवहार पाकिस्तान र नेपाल उस्तै बराबर हो भन्ने जस्तो देखिएको छ । नक्सा किन छापियो अहिले ? भारतले पहिले काश्मीरको नक्सा हान्यो अनि पछि नेपालको हान्यो यसले पाकिस्तान र नेपाल उस्तै–उस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाएको छ ।’

देउवाले कालापानीसहितको नक्सा अहिले नै किन छापियो ? भन्ने प्रश्न गर्दै भारतले पनि कालापानी र सुस्ता विवादास्पद जमिन हो भन्ने मान्दामान्दै पाकिस्तान सरह व्यवहार गरेर नक्सा सार्वजनिक गरेको बताए ।

‘उसले पनि विवादास्पद मान्दा मान्दै किन नक्सा छापेको ?’  देउवाले भने,‘कालापानी नेपालतर्फ पूर्व हो भारततिर होइन । सीमा नदी भएकोले पानी आधा–आधा हुने हो, पश्चिमतिर भारत हो ।’ यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रोसँग काम गर्न नसकेको देउवाले बताए । प्रमुख विपक्षीसहित सबै बसेर ‘अभूतपुर्व एकता’ गर्दासमेत प्रधानमन्त्रीले भारतसंग कुरा गर्न नसकेको देउवाले आरोप लगाए ।

उनले भने,‘कालापानी भारतकै हो भनेर मैले बोलेको छु र ? बरु प्रधानमन्त्रीलाई अघि बढ्नुस हाम्रो पनि साथ छ भन्दा उहाँले केही गर्न सक्नु भएको छैन् ।’

देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाही आयोग जस्तो बनाएको भन्दै यसको विरोध गरिने बताए । उनले भने,‘२०४८ देखिको संस्था हो । जथाभावी गर्न पाइँदैन । हामीलाई पनि झगडा गरिरहने फुर्सद छैन् ।’ उनले उपचुनावमा धेरै ठाउँमा कांग्रेसले जित्ने दाबी गरे । देउवा धरानमा कांग्रेसको सभालाई सम्बोधन गर्न आएका हुन् ।