आलोचनाबाट नडराउन देउवाले दिए ओलीलाई सुझाव

आलोचनाबाट नडराउन देउवाले दिए ओलीलाई सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

शुभ दिपावली तथा छट पर्वको अवसरमा शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ‘हनिमुन डेज’मै राम्रो काम गरेको बताए ।

आफूले कांग्रेस–एमालेसहितको संयुक्त सरकार भएको आधारमा तारिफ नगरी प्रधानमन्त्री ओलीले गरेको कामको आधारमा वर्तमान सरकारको तारिफ गरेको देउवाको भनाइ छ ।

‘सय दिन भर्खर पुगेको छ ओलीजीको प्रधानमन्त्रीतत्व काल । सय दिनलाई हनिमुन डेज् पनि भनिन्छ । संसारभरीको कुरा हो, यहाँको मात्रै होइन । सय दिन पछाडिको कामका सम्बन्धमा आलोचना, प्रतिआलोचना सबै कुरा हुन्छ । हाम्रो संयुक्त सरकार छ, ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, काम पनि राम्रै गर्नुभएको छ । संयुक्त सरकार भएको कारण मैले तारिफ गरेको होईन । तर, काम पनि राम्रो गर्नुभएको छ । मलाई विश्वास छ, उहाँले यस्तै राम्रा कामहरु गर्दै जानुहुनेछ,’ उनले भने ।

वर्तमान सरकारको काम कारबाहीलाई लिएर देशभरीकै कांग्रेसीजनहरु खुसी रहेको पनि उनले दाबी गरे । आफूलाई पार्टीका साथीभाईहरूले वर्तमान सत्ता गठबन्धनलाई पूरै समय अगाडि लैजान भनिरहेको उनले बताए ।

देउवाले आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’