श्रमिकहरुलाई अधिकार दिलाउने पक्षमा कांग्रेस सँधै अग्रस्थानमा छ : सभापति देउवा

श्रमिकहरुलाई अधिकार दिलाउने पक्षमा कांग्रेस सँधै अग्रस्थानमा छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनिय रहेको बताएका छन् ।

१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताएका हुन् ।

उनले भने, ‘श्रमिहरुको सम्मान र हकहितको विषयमा श्रमिक आन्दोलनलाई सक्षम र श्रममैत्री बनाउन नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनिय छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभ्याउँदै आएको छ ।’

साथै उनले नेपाली कांग्रेस श्रमिहरुलाई सिमित अधिकार दिलाउने पक्षमा सधैं अग्रस्थानमा रहेको बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्दै श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैं अग्रस्थानमा छ । सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै आफ्नो भविष्यको सुनिश्चित गर्ने विश्वास लिएको छु । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्नुछ ।

श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा नयाँ बजेट ल्याउनुपर्छ ।’