पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले कुनै रोकटोक नगरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई संविधानले नरोकेको बताएका हुन् ।

राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेकोले उनीहरूको सक्रियता अस्वाभाविक ठान्न नहुनेमा देउवाको भनाइ छ । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी भण्डारीको सदस्यता भने नवीकरण नगर्ने निर्णय पार्टीले गरिसकेको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति पुन भने माओवादी केन्द्रमा सक्रिय भइसकेका छन् ।

यसबारे उठेका प्रश्नमा देउवाले भने, ‘संविधानमा कतै रोकिएको छैन । पाइन्न भनेको पनि छैन । त्यसैले संविधानको औचित्य सकिएको भन्ने प्रश्न उठ्दैन ।’ संविधान संशोधनबारे पनि पत्रकारले उठाएको प्रश्नमा देउवाले दुईतिहाइ बहुमत जुटेपछि मात्रै प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ । छलफल भरहे पनि तत्काल कुनै ठोस निष्कर्षमा नपुगिएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउने वा नयाँ मन्त्री पठाउने विषयमा कांग्रेसमा कुनै छलफल नभएको देउवाले प्रस्ट पारे । ‘मन्त्री फिर्ता बोलाउने कुरा भएको छैन । तपाईंहरुलाई कसरी थाहा भयो ? मलाई थाहा छैन,’ उनले पत्रकारलाई जवाफ दिए ।

देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने पनि बताए । कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने पनि उनले उल्लेख गरे ।