काठमाण्डु – सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका छन्।
मन्त्री खरेलले देउवाको निवासमा भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
निर्वाचनको वातावरणको सन्दर्भमा मन्त्रीले खरेलले तीन ठुला दलका शीर्ष नेतालाई भेट गर्ने क्रममा देउवालाई भेट गरेका हुन् ।
सभापति देउवा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
मन्त्री खरेलको सचिवालयका अनुसार ११ बजे एमाले अध्यक्ष ओली र १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग भेटवार्ता गर्ने तालिका छ । यसअघि सञ्चारमन्त्री खरेल समेत सहभागी सरकारी टोलीले यी तीनवटै दलका पार्टी कार्यालय अनुगमन गरेको थियो ।




प्रतिक्रिया