चुनावको मुखमै कांग्रेस पूर्वसभापति देउवा सिंगापुर प्रस्थान

चुनावको मुखमै कांग्रेस पूर्वसभापति देउवा सिंगापुर प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आउन एक हप्ता मात्र बाँकी रहँदा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

देउवा बुधबार राति साढे ११ बजे सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका हुन् । चुनावको मुखमै देउवा एक्लै सिंगापुर प्रस्थान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उनी स्वास्थ्य उपचारको लागि सिंगापुर गएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले उनलाई पदमुक्त गरेपछि उनी रुष्ट रहँदै आएका थिए । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि देउवा निष्क्रिय भएका थिए ।

पार्टीको आन्तरिक विवादकै कारण उनी निर्वाचनप्रति नकारात्मक पनि देखिएका थिए । उनी चुनाव छल्नकै लागि सिंगापुर गएको बताइन्छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा दम्पत्तीमाथि कुटपिट पनि भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।