काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई पार्टी एकता भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’
बुधवार साँझ संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । पार्टी आजै निर्वाचन आयोगमा दर्ता भएको छ ।




प्रतिक्रिया