प्रधानमन्त्रीलाई देउवाको सुझावः मास्कको प्रयोगमा कडाइ गरौं

प्रधानमन्त्रीलाई देउवाको सुझावः मास्कको प्रयोगमा कडाइ गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दूरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाएको विज्ञसहितको छलफलमा भाग लिँदै सभापति देउवाले कोरोना नियन्त्रणका लागि सामाजिक दूरी कायम गराउने र मास्कको अनिवार्य प्रयोग गर्न जोड दिनुपर्ने सुझाव दिएका हुन् ।

‘लक डाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ । तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्याे । मुख छोपेर हिँड्न बानी पार्नु पर्यो ’, बैठकमा सभापति देउवाले भने ।

प्रधानमन्त्री अ‍ोलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका उपायबारे छलफल गर्न विज्ञसहितको समूहलाई बालुवाटार बोलाएका थिए ।