दशैंपछाडि सरकारविरुद्ध ठूलो आन्दोलन चर्काउँछौंः सभापति देउवा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैंपछि सरकारविरुद्ध आन्दोलनमा चर्काउने घोषणा गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको र भ्रष्टाचारमा लिप्त भएकाले दबाब स्वरुप आन्दोलन चर्काउने बताएका हुन् ।

‘दशैंपछाडि सरकारविरुद्ध ठूलो आन्दोलन गर्नुपर्नेछ । पार्लियामेन्ट र सडकमार्फत सरकारविरुद्ध आन्दोलन चकाउँछौं’, सभापति देउवाले भने ।

त्यस्तै उनले सरकारले काठमाण्डु उपत्यकासहित सात वटै प्रदेशमा औषधि, भेन्टिलेटर, आइसियू र क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

‘कोरोना संक्रमितका लागि औषधि र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने सरकारको कर्तव्य नै हो । त्यो काम नै सरकारले गरेको छैन् । सरकारले काठमाण्डुलगायत सातै प्रदेशमा यी सबैको व्यवस्थापन गर्नुपर्छ’, उनले भने ।

त्यस्तै सभापति देउवाले काठमाण्डु उपत्यकामा भयावहस्थिस्थित आएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

‘काठमाण्डुमा भयावहस्थिति आइसकेको छ । काठमाण्डु त हाहाकार भइसकेको छ । त्यसकारण सरकारले क्वारेन्टाइन, आइसोलेसन र भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement