काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषद अध्यादेशमा आफ्नो पार्टीको विमति रहेको स्पष्ट पारेका छन् ।
मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि सभापति देउवाले सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद रहेको बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको भन्दै यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् ।
उनले भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020




प्रतिक्रिया