काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चिनियाँ प्रतिनिधि मण्डलले भेट गरेको छ ।
मंगलबार बिहान सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले भेट गरेको हो ।
भेटवार्तामा पछिल्लो समय विकशित राजनीतिक समसामयिक विषयमा छलफल भएकाे स्रोतले जानकारी दियो ।
यसअघि चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग र सोमबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।
हिजाको भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको विभाजनबारे सबै शीर्ष नेतृत्वसँग् चासो राखेको थियो । प्रधानमन्त्री अोली, प्रचण्ड, नेपाल र खनालसँगको भेटमा उपमन्त्री गुओ नेतृत्वको टोलीले नेकपा विभाजन नहुने उपायबारे चासो रोखेको थियो ।




प्रतिक्रिया