काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।
शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएका युवालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनले दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मान्यता विपरित भएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
‘धनगढीमा ‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्यरमान्यता विपरित हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु’, उनले भनेका छन् ।




प्रतिक्रिया