आलममाथिको अनुसन्धानमा नेपाली कांग्रेसको सहयोग रहन्छः सभापति देउवा

आलममाथिको अनुसन्धानमा नेपाली कांग्रेसको सहयोग रहन्छः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् ।

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’ देउवाले जारी विज्ञप्तिमा भनिएको छ, ‘मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ ।’

आलमको मुद्दामा पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने उनले बताए । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ देउवाले भनेका छन् ।