प्रधानमन्त्री बन्न पर्‍यो भन्छन्, माओवादीले समर्थन फिर्ता लिएकै छैनः देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि आवश्यक संख्या अपुग भएको बताएका छन् ।

बुधबार झापामा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले चाहेर मात्रै प्रधानमन्त्री नहुने बताउँदै धोका नहुने गरी संखया निश्चित हुनुपर्ने बताए ।

‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ । संख्या निश्चित हुनुपर्‍यो ,’, उनले भने, ‘संख्या निश्चित भएको खण्डमा हामी भाग्ने कुरा छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीहरुले आफूलाई प्रधानमन्त्री बन्न अफर गरे पनि सहयोग नपाएको बताए । उनले माओवादी केन्द्रले अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ सभापति देउवाले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन ।’

माओवादी केन्द्रले कांग्रेसलाई नयाँ सरकारको नेतृत्व लिन आग्रह गरे पनि अहिलेसम्म केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । कांग्रेसले प्रधानमन्त्री अ‍ोलीलाई राजीनामा दिन आग्ह गर्दै अन्य राजनीतिक दलहरुसँग नयाँ सरकार गठनका लागि छलफल गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement