काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले आइतबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
सोमबार दिउँसाे २ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको उनले बताए ।
बैठकमा मुख्यतः महाधिवेशन तयारी , क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति, जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया