ओलीलाई सरकारबाट हटाउने विकल्प देखिएकै छैनः सभापति देउवा

ओलीलाई सरकारबाट हटाउने विकल्प देखिएकै छैनः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि संख्या नपुगेको बताएका छन् ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी शर्मा अ‍ोलीलाई सरकारबाट हटाउने विकल्प नदेखिएको बताएका हुन् ।

‘कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय त भएकै छ नि ! तर यहाँ त संख्या पुग्नुपर्छ । संख्या नपुगी चाहेर मात्रै हुँदैन’, उनले भने, ‘अहिलेसम्म ओलीलाई सरकारबाट हटाउने विकल्प बनेकै, देखिएकै छैन ।’

सभापति देउवाले माअ‍ोवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले निर्णय निदएकाले समस्या भएको बताएका छन् ।

‘हामीसँग संख्या पुग्दैन यो सत्य हो, माओवादीले समर्थन फिर्ता लिएको छैन । जसपाले अहिलेसम्म निर्णय गरेकै छैन’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले संसदमा अविश्वास प्रस्तावको संख्या नपुगेकै कारणले समस्या उत्पन्न भएको बताए ।