उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैनः सभापति देउवा

उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैनः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिए।

उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको संज्ञा दिँदै उनले जनमत कांग्रेसतर्फ मोडिएको र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा सभापति देउवाले जिल्ला कार्य समितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरेका थिए ।

पार्टीका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि, जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाए ।

उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमली लगायतले आसन्न उपनिर्वाचनमा जित कांग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिए । रासस