काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो ३ बजे सभापति देउवाले पदाधिकारीहरुलाई बुढानिलकण्ठमा बोलाएका हुन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाले पार्टीभित्र छलफल तिव्र बनाएका हुन् ।
देउवाका सहयोगी भानु देउवाले नयाँ सरकार गठनका विषयमा छलफल गर्न पदाधिकारीहरुलाई बोलाइएको जानकारी दिए ।
उनले आजै माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुलाई निवासमा बोलाएका छन् ।




प्रतिक्रिया