काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक स्थगित भएको छ ।
सभापति देउवाले नयाँ सरकार गठनका सम्बन्धमा दलहरुसँग छलफल गर्न भन्दै दिउँसो २ बजेका लागि आफ्नै निवासमा तीन दलका नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।
दलहरुभित्र आन्तरिक छलफल नसकिएकाले आजका लागि बोलाईएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । सबै दलले आन्तरीक छलफल गरेपश्चात गठबन्धनको बैठक बस्ने कांग्रेस नेता रमेश लेखकले बताए ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह तयार भइसकेको छैन । उपेन्द्र यादव समूह नयाँ सरकार बनाउन तयार भए पनि महन्थ ठाकुर समूह तयार नभएको हो ।




प्रतिक्रिया