देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउने तयारी

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनका दलहरुले १४९ जना सांसदहरुको हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहले १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको हो ।

सोही विषयमा अहिले सिंहदरबारमा छलफल चलिरहेको स्रोतले जानकारी दियो । अहिले सांसदको हस्ताक्षर लिने काम भइरहेको बताइएको छ । प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि १३६ जना सांसद आवश्यक पर्छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत सहभागी छन् ।