देउवाको अपीलः अदालतको फैसलालाई व्यक्तिगत जीत र हारको बिषय नबनाऔं

देउवाको अपीलः अदालतको फैसलालाई व्यक्तिगत जीत र हारको बिषय नबनाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली कांग्रेसका शेरबहादुर देउवाले सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको स्वागत गरेका छन् ।

साेमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका छन् ।

उनले भने, ‘स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु ।’

साथै सभापति देउवाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई सर्वोच्चको फैसलाले अझ जिम्मेवार बनाएको जानकारी दिएका छन् ।

‘कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु’, उनले भने ।