काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । हिजो सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियाे ।
राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ । तर, सपथ ग्रहणबारे अहिलेसम्म देउवालाई जानकारी गराइएको छैन् ।
राष्ट्रपति कार्यालयबाट शपथबारे कुनै जानकारी प्राप्त नभएको देउवाको निजि सचिवालयले जनाएको छ ।
पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।
देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनेका थिए ।




प्रतिक्रिया